बागचाैर नगरपालिकाकाे आयोजनामा दाेस्राे मेयरकप खेलकुद प्रतियोगिता सुरु भएको छ […]
१६ चैत, काठमाडौं । त्रिदेशीय कपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा जाने भएका छन् ।
घरेलु टोली नेपाल र बंगलादेश त्रिदेशीय कपको उपाधिका लागि आज खेल्दैछन् । खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले प्रधानमन्त्री ओली फाइलन खेल हेर्न दशरथ रंगशालमा उपस्थित हुने बताए ।
एन्फाले आयोजना गरेको त्रिदेशीय कपमा नेपाल र बंगलादेशसहित किर्गिस्तान यू-२३ टिमले पनि प्रतिस्पर्धा गरेका थिए । तर, एक बराबरी र एक हारको नतिजासहित किर्गिस्तान समूह चरणबाटै बाहिरियो ।