अदालतले एमालेलाई ब्यूँताएपछि खुशी लागेको छ। – बामदेब गाैतम

०७ चैत्र २०७७

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्यूँताएपछि आफू खुसी भएको बताएका छन्।
शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘अदालतले एमालेलाई ब्यूँताएपछि खुशी लागेको छ। अब पार्टीलाई एक बनाउन लाग्छु।’

उनले पार्टीभित्रको विवादको क्रममा कतै नलागेर पार्टी एकताको पक्षमा उभिएको दाबी गरे। उनले आफू संसद् विघटन र अविश्वासको प्रस्ताव आउँदासमेत एकताको पक्षमा लागेको बताए।
‘पार्टी एकताको पक्षमा लाग्छु,तपाईहरुले पनि साथ दिनुहोस्’ उनले भने, ‘पार्टीलाई विधि र पद्धती अनुसार अगाडि बढाउनुपर्छ। त्यसैले अब पार्टीको निर्णय मानेर अगाडि बढ्छु।’​ पार्टी ब्यूँतिएपछि ओली पक्षका कुनै पनि बैठकमा नगएका वामदेव शनिबार पहिलोपटक संसदीय दलकाे बैठकमा सहभागी भएका हुन्। चैत ५ गतेको संसदीय दलको बैठकमा भने गाैतम पत्नी तुलसा थापा सहभागी भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस