सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
फाल्गुन -२७, सल्यान ।आज महाशिवरात्रि अर्थात हिन्दूहरूको महान् चाड शिवरात्रि देशभरका शिवालयहरुमा पूजाअर्चना गरेर बनाइएको छ
भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
शिवरात्रिका बेला पशुपतिक्षेत्रमा हुने विभिन्न गतिविधि हेर्न मानिसहरूको घुइँचो लाग्छ। यसअवसरमा पशुपति क्षेत्रको वातावरण भजन र भक्तीसंगीतको धुनले गुञ्जायमान हुन्छ।
सर्वसाधारण हिन्दुका अतिरिक्त राष्ट्रपति, मन्त्रीहरू र पूर्व राजा-रानीले पनि पशुपतिनाथको दर्शन गर्ने गर्छन्।
सल्यानका शिवालयहरुमा पनि मनाईयो शिबरात्री
यसैबीच सल्यानका विभिन्न शिवालयहरुमा पनि शिवको पूजा आराधना गरेर भब्यरुपमा शिबरात्री मनाइएको छ।
जिल्लाका प्रमुख शिवालय अन्तर्गत सतीदेवीका अङ्ग पतन
(करङ्ग पतन)भएको लक्ष्मीपुर शक्तीपिठ र सतीदेबीको अन्तिम अंग पतन भएको छायाक्षेत्र मन्दिरमा पनि शिबरात्री मनाइएको छ ।
यस्तै बागचौर नगरपालिका पिपलनेटाको मोखलामा पर्ने शिव गुफा,श्रीनगरमा रहेको शिवथान मन्दिर, छत्रेश्वरी गाउँपालिकाको दमाचौर काल्चेमा रहेको शिव मन्दिर , लुहाममा अबस्थित त्रिबेणीधाम, संखमुलमा अबस्थित संखमुल र मुल नजिकै रहेको मन्दिर ,बागचौर नगरपालिका वडा नं . ९ पातिहाल्नमा अवस्थित शिव मन्दिर फालाबाङमा रहेको शिव मन्दिर, लगायतका जिल्लामा रहेका सबै शिवालयहरुमा विशेष रूपमा पूजा आराधना गरेर शिबरात्री मनाइएको छ ।
हेर्नुहोस तस्बिरहरु ।