प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

२ फागुन २०७७, आइतवार

२ फागुन | नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समूहले सरकारको प्रतिगमनविरुद्ध चौथो चरणको आन्दोलनको घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयविरुद्ध प्रचण्ड-माधव समूहले फागुन ५ देखि १५ गतेसम्म काठमाडौंलगायत मुलुकभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो । १५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिकजसो विरोध प्रदर्शनका कार्यक्रम हुने भएका छन् ।

प्रचण्ड-माधव समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा विरोध प्रदर्शन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमनविरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

प्रचण्ड-माधव समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा विरोध प्रदर्शन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमनविरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र निरंकुश कदम, अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेशमार्फत संवैधानिक निकायका पदाधिकारी नियुक्त गरी संविधान र कानुनको ठाडो उल्लंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरी संविधान एवं कानुन कार्यान्वयनको अवस्थामा ल्याउन आफूहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताए ।

पेरिसडाँडामा आइतबार बिहान बसेको पार्टीको केन्द्रीय संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रमलाई पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रचण्ड-माधव समूहले पुस ५ गतेदेखि लगातार संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाडौंमा विरोधसभा गरेको यो समूहले काठमाडौंबाहिर पनि दैनिकजसो विरोधसभा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस