सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
२१,माघ-सल्यान। सल्यानको बागचाैर नगरपालिका वडा नं १० पिपलनेटामा रहेकाे महेन्द्र मा. वि.मा ६ काेठे पक्कि भवन काे शिलान्यास गरिएको छ।
कर्णाली प्रदेश सांसद तथा नेकपाका केन्द्रिय कमिटी सदस्य गुलाबजंग शाह द्वारा उक्त भवनको शिलान्यास गरिएको हो ।
अा व २०७७/२०७८ काे कर्णाली प्रदेश पुर्बाधार बिशेष कार्यक्रम अन्तरगत महेन्द्र माध्यमिक विद्यालयमा ६ काेठे भवन निर्माण हुनेछ । जसको कार्यन्वयन पुर्वाधार बिकास कार्यालय सल्यानले गर्नेछ ।
बुधबार भएको भवन शिलान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सांसद गुलाब जंग शाहले शैक्षिक सुधार गर्न चार वटा पिलरहरुकाे महत्वपूर्ण भूमिका रहने बताएका छ्न ।
शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधि तथा राजनीतिक दलहरु एकआपसमा मिलेर अगाडि बढ्नसकेमा मात्रै शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने उनको भनाइ थियो ।
साथै सम्पूर्ण राजनीतिक दलहरु मिलेर अबको आन्दोलन शैक्षिक गुणस्तरका लागि हुनुपर्ने नेता शाहले बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश गिरि काे अध्यक्षतामा सुरु गरिएको थियो भने प्रमुख अतिथि कर्णाली प्रदेशसभा सांसद गुलाबजंग शाह , बागचाैर नगरपालिका वडा नं १० का वडाअध्यक्ष कृष्णा कुमार खड्का अथिती रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश् अधिकारीले गरेका हुन ।