सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
बाचाैर नगर भित्र रहेका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई हिल ट्याङ्की वितरण गर्ने क्रममा आज वडा नं. १० मा २२ जना घाइते तथा अपाङ्गता भएका व्यक्ति र उनका परिवारलाई हिल ट्याङ्की वितरण गरेको छ ।
स्थानीय सरकारले सबै वर्गलाई समेट्ने गरी विभिन्न कार्यक्रमहरू गरी रहेको र उक्त कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को बजेट अन्तर्गत नगर भित्र रहेका ‘क’ र ‘ख’ वर्गका घाइते अपाङ्गहरूलाई हिल ट्याङ्की वितरण कार्य सुरु गरेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य चौकी वडा नं. १० मा कार्यरत अहेब शिवराज डाँगीले सञ्चालन गरेको मेयर सँग जनता पानी सङ्कलन हिल ट्याङ्की वितरण कार्यक्रममा नगर प्रमुख श्री लोकमान बुढाथोकी, वडा नं.१० का वडा अध्यक्ष श्री कृष्ण खड्का, कार्यपालिका सदस्य श्री वृन्दा गिरि, सचिव श्री मुना खड्का लगाएको उपस्थिति रहेको थियो ।