एशियन लाइफ इन्स्योरेन्स सल्यान शाखाले गर्‍यो मृत्यु दाबीको रकम भुक्तानी

२०७७ पुष २३ गते बिहिवार

२३,पौष सल्यान ।  एशियन लाइफ इन्स्योरेन्स सल्यान शाखाले मृत्यु दाबीको रकम भुक्तानी गरेको छ।
कम्पनीले बागचौर नगरपालिका वडा नम्बर ७ निवासी मृतक हरि बहादुर वलीको घरमै पुगेर मृतककी श्रीमती देबि ओलीलाई रु.१ लाख ३५ हजार ३ सय रुपैयाँको चेक हस्तानतरण गरेको हो ।

मृतक हरीबहादुर ओलीको गत असोजमा आफ्नै घरमा कालगति बाट निधन भएको हो । निजले रु. १ लाखको बिमा गरी पाँच वर्षमा ३१ हजार विमा शुल्क जम्मा गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख, वडा नम्बर ७ वडा सदस्य अङगेवर वली, एजेन्सी मेनेजर रेशम वली,स्थानीय तथा मृतक परिवारका आफन्त लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख टेकम प्रसाद शर्माले विमा कम्पनी सामाजिक सेवा प्रदायक संस्था भएकाले बचत मात्र नभई भविष्यमा आइपर्ने जोखिम वहन गर्ने भरपर्दो माध्यम भएको र सोही अनुसार यस कम्पनीले प्रभावकारीरुपमा दाबी भुक्तानी गर्दै आएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस