राष्ट्रपति प्रधानमन्त्रीको सति जानाले देशले दुःख पायो। : पूर्व मन्त्री टेकबहादुर बस्नेत

२०७७ पुष २१ गते मङ्गलवार

 २१ ,पुष |सल्यान

सल्यान जिल्ला प्रतिनिधिसभा संसद तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतले विद्यादेवी भण्डारी केपी शर्मा ओलीको सती गएको आरोप लगाएका छन् ।

नेकपा (प्रचण्ड माधव) पक्षधर बिद्यार्थी तथा युवा संगठनले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्ने क्रममा मंगलबार मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री वस्नेतले संसद विघटन जस्तो असंवैधानिक कदमलाई राम्रोसँग अध्ययन नै नगरेर आँखा चिम्लेर पारित गर्नु देशको दुर्भाग्य भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बर्ष जेल बसेर (मार्क्सवाद -लेनिनवाद) अध्ययन गर्नुको साटो उखान टुक्का पढेको आरोप समेत लगाए ।

टेकबहादुर बस्नेत

दशबर्षे जनयुद्ध र हजारौंको बलिदानले देशले संविधान पायो तर केपी शर्मा ओलीको कुकर्मले देश अरबौंको खाडलमा धकेलिएको आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस