सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै दुई खेमामा विभाजन भएको नेकपा ले छुटाछुटै आफु समर्थक कार्यकर्ता, युवासंग, तथा विद्यार्थी संगठनका कार्यक्रम गरिरहेका छन। मंगलबार आज सल्यानमा पनि (प्रचण्ड-नेपाल) र ओली पक्षधर नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियु ले छुट्टा छुट्टै भेला गरेका छन् ।
केपी ओली पक्षधर बिद्यार्थी र युवा संगठनको जिल्ला अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा भएको छ । कार्यक्रमलाई नेकपा ओली पक्षधर केन्द्रीय सदस्य गुलाबजंग शाह , मनोनित नयाँ केन्द्रीय सदस्य गोविन्द पुन ,लोक बहादुर डागी कुलबहादुर गिरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
जिल्ला अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसद गुलाबजंङ शाहले एउटै व्यक्ति धेरै पटक प्रधानमन्त्री, मन्त्री रहन आवश्यक नरहेको बताएका छन् । (प्रचण्ड- माधव) पक्षधर मा लागेकाहरु सधै पदमा रहिरहन खोजेकाले पार्टीबाट अलग्गिएको समेत उनले बताए।
माधव नेपाल र प्रचण्ड पहिलेदेखि नै अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले अहिले स्थिर सरकारको पक्षमा रहनुपर्नेमा, प्रधानमन्त्री र अध्यक्ष पदमा आँखा गाडेकोले नेकपा बिभाजन अवस्थामा पुगेकोे उनको आरोप छ । केपी शर्मा ओलीलाई ५ वर्ष सरकार चलाउन दिएर अर्को पाँच बर्षको लागि आफू तयार रहनु पर्नेमा सरकार ढाल्ने तर्फ अग्रसर रहेको उनले बताएका छन् ।
यता सल्यानमा पनि यस्तै स्थिति रहन गएको पनि उनको भनाई छ । माधव पक्षधर सल्यानका नेता प्रकाश ज्वालाले आफु बाचुन्जेल संसद र मन्त्री हुन चाहेकाले सल्यानमा पूर्वएमाले एक नभएको बताए । नेता ज्वालाले २०४८ सालदेखि नै आफू पदमा रहेर पनि अहिले नयाँ पुस्तालाई छोड्न नसकेको शाहले बताए ।
पूर्व माओवादीको तर्फबाट संसद रहेका टेकबहादुर बस्नेतले पनि नयाँ पुस्तालाई अगाडि सार्न नचाहेको शाहको आरोप छ । बस्नेत दुई/दुई पटक मन्त्री भइसक्दा पनि केही गर्न नसकेको उनले बताए । बस्नेत लाई सल्यानले दुई/दुई पटक मन्त्री पायर पनि पनि जिल्लामा केही गर्न नसकेको उनले आरोप लगाए। जिल्लामा रहेको राप्ती राजमार्गको हालत देखेर उहाँहरुलाई लाज लाग्नुपर्ने हो । यसको स्तरउन्नती कहिले हुने? सल्यान जिल्लाले बिकास कहिले पाउने? भन्दै उहाँहरुले राजनीतिबाट सन्यास लिनुपर्छ। उहाँहरु पदमा रहदा सम्म जिल्लाले बिकासको गति लिन नसक्ने शाहको भनाई रहेको छ ।