प्रधानमन्त्री र राष्ट्रपति जस्ता कुपुत्र र कुपुत्रीले गणतन्त्रको घरमा आगो लगाए।:डा. भट्टराई

एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’ संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ।

 

 पौष, १९  सल्यान पूर्वप्रधानमन्त्री डा. बाबुरामा भट्टराईले जिन्दगीभरको मेहनत खेर जान लागेकोमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीट मार्फत यस्तो अभिव्यक्ती दिएका हुन् । प्रधानमन्त्री केपी ओलीलाई कुपुत्रको संज्ञा दिदै उनले घर नै जलाएको बताएका छन् । आगो लगाउने कुपुत्र प्रधानमन्त्री ओली भएको संकेत गर्दै कुपुत्री राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ संकेत गरेका छन् । त्यस्तै, खरानी लिन दौडने व्यक्तिहरु यिनै नेताका कार्यकर्ता भएको संकेत बुझ्न सकिन्छ ।

उनले ट्वीटमा भनेका छन। एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!

आगो लाग्दै गरेको घरमा सन्तानहरु आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको तर्क गरेका छन् । त्यस्तै, छिमेकी रमिते बनेको कारण उनले लौन आगो निभाउँ भन्दै आफ्नो विचार राखेका छन् ।
ओलीले प्रतिनिधि सभा विघटन गरेपछि घरमा आगो लागेको जस्तै भएको बताउँदै डा. भट्टराईले सबैलाई आन्दोलनको लागि आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस