सल्यानमा बसको छतबाट यात्रुको सामान निकाल्ने क्रममा सह-चालकको करेन्ट लागेर मृत्यु

। सल्यान को छत्रेश्वरीमा बसकाे छतबाट सामान निकाल्ने क्रममा गाडीका सहचालक को करेन्ट लागेर मृत्यु भएको छ।                                                                                   जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा गाडी सह-चालक दाङ डंगेश्वर गाउँपालिकाका २१ वर्षीय हिमेन्त डाँगी हुन ।
तुलसीपुर बाट सल्यान को छत्रेश्वरी गाउँपालिका वडा नं २ दह खोलाका लागि छुटेको ना ८ ख २९६२ नम्बर गाडीमा यात्रुकाे सामान निकाल्ने निकाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस