ओली समूहको केन्द्रीय सदस्यमा कर्णाली प्रदेशका दुई पूर्वमाओवादी सांसद मनोनित

७ पुष २०७७, मंगलवार

कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका पूर्वमाओवादीका दुई सांसदहरू ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
माओवादीको तर्फबाट चुनाव लडेका सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद ठम्मर विष्ट र दैलेखको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मी मंगलबार केपी शर्मा ओलीले थपेका ५५६ जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन।

ओली समूहको केन्द्रीय सदस्यमा मनोनित विष्ट र रेग्मीले यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेका थिए।

त्यतिबेला प्रदेशसभाको उपसभामुख रहेकी पूर्वमाओवादी सांसद पुष्पा घर्ती विष्टले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस