मार्मिक शब्द संगित रहेको गित “काचो टमाटर” सार्वजनिक

२०७७ मङ्सिर १८ गते बिहिवार


गायक नेत्र भण्डारी र माण्डवी त्रिपाठी को स्वरमा रहेको “काचो टमाटर” बोलको गीत सार्वजनिक भएको छ ।

बिन्धवासनी म्युजिकले सार्वजनिक गरेको यस गितले वैवाहिक जीवनमा बाँधिएर एक अर्कासँग सँगै जीवन जिउन नपाएका विवाहित जोडीको कथा , महिलामाथि समाजमा कसरी कुदृष्टिले हेरिन्छ भन्ने चित्रण गर्न खोजेको छ ।

मार्मिक शब्द रहेको यस गीतलाई सुवास रेग्मीले संगीत दिएका छन । विपिन आचार्यको एरेन्ज मिक्सीङ रहेको यस गीतलाई एमबी स्टुडियोले तयार पारेको हो ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ। गीतलाई दिपेन्द्र तिम्सिनाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस