डिजिटल प्रविधिको प्रयोगले रेडियो सुन्नेहरुको संख्यामा कमी

२२ कार्तिक २०७७, शनिवार

तिब्र गतिमा बढ्दै गईरहेको डिजिटल प्रविधिको कारण पुरानो प्रविधिको रुपमा रहेको रेडियो सुन्ने क्रम क्रमशः घट्दै गईरहेको छ । शेयर कास्टले गरेको सर्वेक्षण अनुसार हाल रेडियो कहिल्यै नसुन्नेको संख्या ५०.९ प्रतिशत देखिएको हो ।

बिगतमा सूचना, समाचार तथा मनोरञ्जनका लागि ८० प्रतिशतसम्मले रेडियो सुन्ने गरेकोमा हालका दिनमा घटेर ५० देखि ६० प्रतिशतमा पुगेको शेयर कास्टका संस्थापक तथा रेडियो विज्ञ मधु आचार्यले बतायकाछन् । शेयर कास्टको रिपोर्टले रेडियो सेटभन्दा मोबाइल फोनबाट रेडियो सुन्नेको संख्या धेरै देखाएको छ । जसअनुसार मोबाइल सेटबाट रेडियो सुन्नेको संख्या ५६.२ प्रतिशत रहेको छ भने रेडियो रिसिभर प्रयोग गर्नेहरु केवल ४८.६ प्रतिशत रहेका छन् ।

नियमित रेडियो सुन्नेहरुमध्ये सबैभन्दा धेरै (४८ प्रतिशत) ले दैनिक एकदेखि दुई घण्टासम्मको समय बिताउने गरेका छन् । बाँकी २२.२ प्रतिशतले एक घण्टाभन्दा कम, १३.१ प्रतिशतले तीनदेखि चार घण्टा र १५.१ प्रतिशतले दिनको चार घण्टाभन्दा धेरै समय रेडियो सुन्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस