सञ्चालित सल्यान टुडे डटकम चौथोँ बर्षमा प्रवेश गरेको छ । […]
आफ्ना सेवाहरुलाई डिजिटल मैत्रीबनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले फोन लोन नामक नयाँ कर्जा सुविधा संचालनमा ल्याएको हो । कुमारी बैंक लि. मा विभिन्न तलब खाता सञ्चालन गरिरहेको ग्राहकहरुले अव ३० दिनसम्मका लागि अधिकतम रु. १ लाख सम्मकुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिने भएको छ ।
कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन् भने कुनै निवेदन दिन र कानूनी कागजात गरिरहनु पर्ने छैन ।ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोन लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने बताएको छ ।
आफ्नादेशव्यापी १८४ शाखा(संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंगइकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।