सल्यान, २२ मंशिर । सल्यानमा अब २१ प्रतिशत घरधुरीमा मात्रै […]
गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सय जना कर्मचारी माग गरेको छ । विभागले दर्ता अपरेटर पदमा करारमा १ सय कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकहरुले कार्तिक १३ गतेदेखि १५ सम्म निशुल्क अनलाइनबाट फाराम भर्न सक्ने छन् । बिभागको वेबसाईट मा युजर आईडी बनाएर अनलाइन दरखास्त फाराम पेश गर्न सकिनेछ ।
लिखित परीक्षा मंसिर १३ गते हुनेछ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको जानकारी दिएको छ । साथै कम्प्युटर सम्बन्धि ज्ञान प्राप्त गरेको हुनुपर्नेछ ।
फाराम भर्न यहाँ क्लिक गर्नुहोस