डिशहोमले फाइबर इन्टरनेट सेवा विस्तार गर्दै

६ कार्तिक २०७७, बिहिवार

डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना डीटीएच प्रयोगकर्ताहरुलाई छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको दिन गत फेब्रुअरी देखि इन्टरनेट सेवामा समेत हात हालेको छ । कम्पनीको फाइबर इन्टरनेट हाल उपत्यकाका बिभिन्न चार नयाँ ठाउँमा विस्तार भइसकेको छ ।

डिशहोमका अनुसार अब जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा समेत कम्पनीको एफटीटीएच सेवा उपलब्ध भएको छ। आफ्नो फाइबरनेटलाई छनौट गर्नुको अर्थ ग्राहकका लागि आफ्नो समुदायको भविष्यमा लगानी गरेको कम्पनी छनौट गर्नु सरह हुने कम्पनीको दाबी गरेको छ ।

कम्पनीले सिम टिभीसँगको सहकार्यमा आफ्नो इन्टरनेट सेवा सुरु गरेको हो । डिशहोम फाइबरनेटले प्रयोगकर्तामाझ बढ्दो वायरलेस उपकरणहरुको प्रयोगले देशलाई संचार सेवाहरुमा थप आधुनिकीकरण गर्न सक्षम बनाउने कम्पनीको भनाई छ ।

डिशहोमले भैंसेपाटी, बुंग्मती, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा यस अघि देखि नै फाइबरनेट उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाको रिङरोड भित्र र बाहिर अन्य स्थानमा यसै वर्ष आफ्नो सेवा विस्तार गर्ने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस