अव विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने

२८ साउन २०७७, बुधवार

संचार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी कात्तिक ७ गतेपछि विदेशी च्यानलहरु नेपालमा प्रशारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन्। सरकारले २०७४ साउन १ गतेदेखि नै क्लिन फिड लागू गर्ने निर्णय गरेपनि केवल च्यानल संचालकहरुको दवावका कारण लागू हुन सकेको थिएन। त्यसपछि सरकारले ऐन नै निर्माण गरी क्लिनफिड लागू गरेको हो। २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित भएको ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएकाले कात्तिक ७ गतेबाट उक्त व्यवस्था कार्यान्वयमा आउन लागेको हो।

मन्त्रालयले भने क्निफिड लागू गर्नका लागि ऐनमै व्यवस्था गरी एक वर्षको तयारी अवधि दिएको स्पष्ट पारेको छ। तोकिएको समयभित्र क्निफिड लागू नगर्ने केवल अपरेटरहरुलाई कानुन अुनसार कारबाही हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडीले जानकारी दिए।

क्लिन फिड लागू भएपछि भारतिय सामाग्रीहरुका विज्ञापन नेपाली मिडीया मार्फत नै प्रशारण हुने र यसबाट नेपाली विज्ञापनको बजार बढ्ने अपेक्षा गरिएकाले क्लिन फिड लागु गरिएको हो।

प्रतिक्रिया दिनुहोस