मंगलवारको बैठकमा मुख्यमन्त्री शाहीलाई दलको नेता बाट हटाउछौं । गुलावजंग शाह

२६ असोज २०७७, सोमवार

सल्यान , २६ असोज ।कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले आगामी कार्तिक ७ गतेलाई संसदीय दलको बैठक बोलाएकी छन। तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशसभाका प्रमुख सचेतक रहनुभएका गुवालजंग शाहले भने आफ्नै अध्यक्षतामा बैठक बस्ने दावी गर्नुभयो। दलभित्र देखिएको बिवाद प्रक्रियामा लगेर टुंगो लगाउने घोषणा गर्दै भोलीको बैठक आफ्नै अध्यक्षतामा बस्ने जानकारी दिनुभयो ।

बिधान बिपरित मुख्य मन्त्री तथा प्रदेशसभा दलका नेता महेन्द्र बहादुर शाहीले आफुलाई पदमुक्त गरेपनि निति बिधि अनुरुप आफूले प्रक्रियामै लगेर बिवादको निकास दिने घोषणा समेत शाहले गर्नुभएको हो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभाका बहुमत सांसदहरुले आफूबिरुद्ध दलमा अबिश्वास प्रस्ताव दर्ता गरेपछि बिधान बिपरित काम गर्दै आएको शाहको आरोप छ।
शाहीको यस्तो निर्णयलाई बिधानले नमान्ने  उहाँले बताउनुभयो । उहाँले बिवादको निकास दिन मंगलवार १ बजे संसदीय दलको बैठक बोलाइएको र सोही बैठकबाट शाहीलाई दलको नेताबाट हटाउने जानकारी दिनुभयो ।

प्रमुख सचेतक शाहले बिधानले जे भन्छ त्यही गर्ने भन्दै कसैको हुकुमी आदेश नेकपा नचल्ने समेत बताउनुभयो ।  कुल ४० सदस्य रहेको प्रदेशसभामा नेकपा एक्लैका ३३ सदस्य रहेका छन । जसमध्ये २० सांसद पूर्वएमाले र १३ सदस्य पूर्वमाओवादी पक्षधर रहेका छन । मुख्यमन्त्री बिरुद्धको हस्ताक्षर गर्नेमा पूर्वएमाले १५ र पूर्वमाओवादीका तीन सांसद छन । नेकपा कर्णालीका सह इञ्चार्ज यमलाल कँडेलको नेतृत्वमा भएको यस अभियानमा पूर्वएमाले एक ठाउँमा देखिएको छ ।

कर्णाली नेकपामा देखिएको विवादले केन्द्रसम्मै तरंग ल्याएको छ । अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेर विवाद मिलाउन आग्रह गरेका थिए । तरओलीले विवाद मिलाउने भन्दा पनि प्रदेशको मामला उतै मिल्छ भन्ने खालको जवाफ दिएका थिए । यसले गर्दा पूर्वमाओवादी पक्ष थप रुष्ट हुनुपुगेको छ ।

प्रतिक्रिया दिनुहोस