SEE दिएका विद्यार्थीहरुले निःशुल्क NTC को दैनिक डाटा ,भ्वाइस र एसमएस प्याक यसरी सुचारु गर्नसकिन्छ ।

एसईई दिएका विद्यार्थीहरुलाई नेपाल टेलिकमले दैनिक रुपमा डाटा प्याक, भ्वाइस प्याक र एसएमएस प्रदान गरिरहेको छ । यदी तपाईं पनि एसईई दिएको विद्यार्थी हो भने आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरेर अनलाइन कक्षाका लागि नेपाल टेलिकम बाट दैनिकरुपमा १०० एमबी डाटा १० मिनेट भ्वाइस प्याक र ५ एसएमएस दैनिकरुपमा निशुल्क प्राप्त गर्न सक्नुहुनेछ । जसको लागि एनटिसि प्रयोगकर्ताहरुले *1600* सिम्बोल नम्बर* जन्म मिति# डायल गरेर यो सेवा प्राप्त गर्न सक्नुहुन्छ।  यो सेवा सुचारु गरेको मितिले ३० दिनसम्म प्राप्त गर्न सकिन्छ ।

example : *1600*symbol number*date of birth#

प्रतिक्रिया दिनुहोस