गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा […]
चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले एकसाथ १६६ जना कर्मचारी माग गरेको छ ।
कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ तथा फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०–५०–५० जना कर्मचारीहरुको माग गरेको हो । स्नातक तह उत्तीर्ण, सावरी चालक अनुमतिपत्र भएको, र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदका लागि आवेदन दिन सक्नेछन् । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो ।यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ ।
सेल्स एसोसिएट पदको लागी कम्पनीले फाइबर सपोर्टको अनुभव भएको तथा आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्ने जनाएको छ।
त्यसैगरि एरिया सेल्स रिप्रिजेन्टेटिभ पदको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने उल्लेख गरिएको छ।
यस साथै कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ ।काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो । यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।