बागचाैर नगरपालिकाकाे आयोजनामा दाेस्राे मेयरकप खेलकुद प्रतियोगिता सुरु भएको छ […]
स्पेनिस क्लब रियल मड्रीड लालिगाको च्याम्पियन भएको छ । लिगको एक खेल बाकी छदै रियल ले ट्रफी जितेको हो । भने साबिक बिजेता बार्सिलोना ले दोश्रो स्थानमा चित्त बुझायो । आज रियलको घरेलु मैदान सान्टियागो बेर्नबाउमा भएको खेलमा भिल्ला रियललाइ 2-1 गोलले पराजित गर्दै उपाधी चुम्यो । रियलका लागि दुबै गोल करिम बेन्जिमा ले गरे, 29 मिनेटमा गोल गर्दै अग्रता दिलायका उनले 77 औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रियलको उपाधी सुनिश्चित गरे । भिल्ला रियलको तर्फबाट भिन्सेन्ट इबोराले 83 औ मिनेट्मा सान्त्वना गोल फर्काए पनि त्यो रियललाइ उपाधी बाट बन्चित गर्न पर्याप्त भएन । यो स्पेनिस महारथि रियल मड्रीडको 34 औ लालिगा टाइटल हो । रियलले अब लिगको अन्तिम खेल आइतबार राती लेगानेस बिरुद्द खेल्ने छ।
आजै बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भने कमजोर टोलि ओसासुना सङ्ग 2-1 गोल ले पराजित भएको छ । खेलको 15 औ मिनेटमा जोसे अर्नाइज को गोलमा अग्रता लिएको ओसासुना लाई 62 औ मिनेटमा मेस्सिले उत्कृष्ट फ्री किक मार्फत गोल गर्दै बराबरी मा ल्यायपछी इन्जुरी समयमा रोबर्ट टोरेसले गोल गर्दा बार्सिलोना लागि घरेलु मैदानको लिगको अन्तिम खेलमा नमिठो गरि हार्न पुग्यो ।