लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
जापानले कम्प्युटर जगतको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ । प्रविधिमा अग्रस्थानमा रहेका देश चीन तथा अमेरिकालाई पछि पार्दै जापानले फुगाकु नामको उक्त सुपर कम्प्युटर निर्माण गरेको हो । जापानको राइकिङ ईन्स्टिच्युट तथा फुजित्स नामको कम्पनीसँग मिलेर निर्माण गरीएको उक्त सुपर कम्प्युटर रिकेन सेन्टर साइन्स ल्याबमा जडान गरिएको छ ।

Fugaku supercomputer
यो सुपर कम्प्युटर एउटा ठूलो कोठा को आकार को छ। विश्व का सुपर कम्प्युटरको सूचीमा प्रकाशित हुनेटप ५००को सूचीमा जापानको उक्त कम्प्युटर पहिलो स्थानमा पर्न सफल भएको हो । जापानले करिब ६ वर्षको अथक प्रयासपछि उत्त कम्प्युटर निर्माण गरेको बताएको छ यसअघि को सबैभन्दा तिव्रगतिको सुपर कम्प्युटर अमेरिकाको आईबीएम कम्पनीको समिट नामको सुपर कम्प्युटर थियो । तर जापानले अहिले तयार पारेको फुगाकु नामको उक्त कम्प्युटर अमेरिकाको कम्प्युटर भन्दा २.८ गुणा शक्तिशाली एवं तिव्रगतिको रहेको बताएको छ । एक रिपोर्ट अनुसार यस सुपर कम्प्युटर मा करिब डेढ लाखभन्दा धेरै प्रोसेसरको राखिएको बताइएको छ।
बिबिसीले तयार पारेको समाचार अनुसार उक्त कम्प्युटरलाई कोरना भाइरस विरुद्धको लडाईमा परिचालन गरिसकिएको छ ।