सल्यान, ७ असोज । रेडियो कार्यक्रम उत्पादन सम्बन्धी क्षमता अभिवृद्धी […]
लिम्पियाधुरा कालापानी लिपुलेक लगायत नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण विरुद्धमा सल्यानी लोक गायक नेत्र भण्डारीको स्वरमा रहेको हाम्रो भुमी फिर्ता गर बोलको गीत सार्वजनिक गरिएको छ।
पछिल्लो समय भारतले लिम्पियाधुरा कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गर्न लागेपछि आफ्नो भूमि मिचिएको भन्दै नेपालमा भारतीय ज्यादतीविरुद्ध आवाज उठिरहँदा गायक भण्डारीले यस्तो गीत सार्वजनिक गरेका हुन्।
कृष्ण के सी को संगीत रहेको उक्त गीतमा नेत्र भण्डारी, कृष्ण के सी,मिना लामा,सीता के सी को स्वर रहेको छ भने गीतलाई शिबन पोखरेलले निर्देशन गरेका छन । सूर्य श्रेष्ठले छायांकन गरेको उक्त गीत क्रान्ति के सी द्वारा सम्पादन गरिएको हो । देशभक्तिभाव समेटेर तयार पारिएको उक्त गीत ले सबैको मन जित्ने अपेक्षा गरिएको छ ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।