सल्यान, २२ कार्तिक । सल्यानमा आज लक्ष्मी पुजाको दिन साँझतिर […]
सल्यान, २३ कार्तिक ।
गाईको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सल्यानको छत्रेश्वरी गाउँपालिकामा रहेका गौशालामा आज गाई पूजा गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ स्थित भोटेचौर र छायाक्षेत्र मन्दिर तथा वडा नम्बर ३ को बडाचौरमा रहेका गौशालामा विधिपूर्वक गाई पूजा गरिएको हो । तिहार अन्तर्गत गाई पूजाको अवसरमा गौशालामा रहेका गाईलाई पूजा गर्नुका साथै संरक्षणको महत्त्वबारे पनि छलफल गरिएको थियो ।
वडा नम्बर ६ को भोटेचौर स्थित गौशालामा मात्रै करिब ३५ वटा गाई रहेका छन् । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गाईको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले गौशालामा व्यवस्थापन गर्दै आएको छ ।
भोटेचौरमा आयोजित गाई पूजा कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, पशु सेवा शाखाका कर्मचारी, गौशाला व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानियको उपस्थिति रहेको थियो ।
