सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
सल्यान, असोज २५ ।
राष्ट्रिय युवा संघ नेपाल, सल्यानले जिल्लाका १० वटै स्थानीय तहमा पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले कात्तिक र मंसिर महिनामा पालिका सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिनुभयो ।
निर्णय अनुसार कात्तिक ९ गते कपुरकोट, १० गते त्रिवेणी, ११ गते छत्रेश्वरी, १२ गते शारदा र १३ गते कालिमाटीमा सम्मेलन हुनेछ । त्यस्तै, मंसिर २ गते सिद्धकुमाख, ३ गते दार्मा, ४ गते बागचौर, ५ गते कुमाख र ६ गते बनगाड कुपिण्डेमा सम्मेलन गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।
बैठकले प्रेम घर्ती मगरको नेतृत्वमा नौ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा टेकबहादुर सुवेदी, मदन घर्ती, निकुञ्ज गिरी, डम्बर वली, गीता नेपाली, सन्तोष पुन, रेसम चन्द र ईश्वरी बस्नेत रहनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल नेकपा (एमाले) निकट युवा संगठन हो । युवालाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक रूपान्तरण, राष्ट्र निर्माण तथा युवाका हकहित र अवसरका सवालमा काम गर्नु यसको उदेश्य रहेको छ । संगठनले युवाको क्षमता विकास, सामाजिक गतिविधिमा सहभागिता र युवा नेतृत्व निर्माणका क्षेत्रमा काम गर्दै आएको छ ।
