सल्यान, ११ साउन- सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोट–किमुचौर सडकखण्डमा सोमबार […]
सल्यान, साउन ११ ।
सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानीस्थित सडकको दक्षिणतर्फ रहेको नालीमा सोमबार बिहान वृद्धाको शव फेला परेको थियो । पछि शवको पहिचान भएको र मृत फेला पर्नुभएकी वृद्धा शारदा नगरपालिका–५ रानीकोट निवासी अन्दाजी ७३ वर्षीया टिका बुढाथोकी रहेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
सोमबार बिहान करिब ६:४५ बजे पहेँलो कुर्ता र कालो सुरुवाल लगाएकी महिलाको शव फेला परेको थियो । टाउकोमा चोट लागेको अवस्थामा शव रहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
मृतकका भतिजा पूर्णबहादुर बुढाथोकीले शवको सनाखत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया तथा पोष्टमार्टम सम्पन्न भएपछि मृतकको शव आफन्त पूर्णबहादुर बुढाथोकीलाई जिम्मा लगाइएको छ । घटनाको कारणबारे जिल्ला प्रहरी कार्यालय सल्यानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
