सल्यान, साउन ११ । सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला […]
सल्यान, ११ साउन- सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोट–किमुचौर सडकखण्डमा सोमबार दिउँसो भएको अटो दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन्। हुलाक कार्यालय नजिकै किमुचौरबाट कपुरकोटतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ह १९२३ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो।
कपुरकोट आधारभूत अस्पतालका अनुसार दुर्घटनामा अटो चालक कपुरकोट गाउँपालिका–४ निवासी होमसिंह घर्ती घाइते भएका छन्। साथै सोही वडाका आशिष डाँगी, डम्बरराज रोका, रेशम रोका तथा कपुरकोट गाउँपालिका–३ निवासी रुपेश घर्ती पनि घाइते भएका छन्। घाइते सबै पुरुष हुन्।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि कपुरकोट गाउँपालिका–३ स्थित आधारभूत अस्पताल पुर्कोट पुर्याइएको थियो। अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनका अनुसार केही घाइतेको अवस्था थप परीक्षण आवश्यक देखिएकाले एक्सरे लगायतका जाँच तथा उपचारका लागि उनीहरूलाई दाङको तुलसीपुरस्थित अस्पतालमा रिफर गरिएको छ।
अटो किन अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
