सल्यानका दुई स्थानबाट ६ नाल अबैध बन्दुक बरामद

सल्यान, ४ साउन ।

जंगल तथा जंगल क्षेत्रको ओढारमा लुकाइ राखिएका ६ नाल अबैध भरुवा बन्दुक सल्यान प्रहरीले बरामद गरेको छ । जिल्लाका दुई छुट्टाछुट्टै सामुदायिक वन क्षेत्रबाट प्रहरीले वेवारिसे अवस्थाका अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार वनगाड कुपिण्डे नगरपालिका वडा नं १२ स्थित भदाले सामुदायिक वनको एक ओडारमा लुकाइराखिएको अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकोब्छ ।

यस्तै छत्रेश्वरीबाट पनि थप बन्दुक फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमाचौरबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिका वडा नं १ स्थित जुगेखोला सामुदायिक वनबाट वेवारिसे अवस्थामा रहेका २ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस अघि पनि जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा बन्दुक बरामद गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस