सल्यान। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले कक्षा […]
बागचाैर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ। जेठ १५ र १६ गते श्री बालकन्या माध्यमिक विद्यालय, कोटबारामा सञ्चालन गरिएको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताअन्तर्गत हिसाब दौड, हाजिरी जवाफ तथा आधारभूत र माध्यमिक तहका वक्तृत्वकला प्रतियोगिताहरू आयोजना गरिएको थियो। हिसाब दौड प्रतियोगितामा ४९ विद्यालय, हाजिरी जवाफमा २७ विद्यालय, आधारभूत तह वक्तृत्वकलामा २७ विद्यालय तथा माध्यमिक तह वक्तृत्वकलामा १३ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सफलताका लागि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहयोग रहेको शिक्षा शाखाले जनाएको छ।
प्रतियोगिताको नतिजाअनुसार हिसाब दौड (कक्षा १–५) मा गाउँवेशी जन जागरण आधारभूत विद्यालय, पानीढल प्रथम, ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल, थारमारे द्वितीय तथा शिवरथ एकेडेमी प्रा.लि., फेदिखोला तृतीय भएका छन्। शहिद भरत स्मृति माध्यमिक विद्यालय, सिर्पाले सान्त्वना स्थान प्राप्त गरेको छ।
आधारभूत तह (कक्षा ६–८) वक्तृत्वकला प्रतियोगितामा जनकल्याण नमुना माध्यमिक विद्यालय, थारमारे प्रथम, ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल, बागचौर द्वितीय तथा सरस्वती माध्यमिक विद्यालय, पेदीखोला तृतीय भएका छन्। दुर्गा सरस्वती माध्यमिक विद्यालय, बाफुखोलाले सान्त्वना स्थान हासिल गरेको छ।
माध्यमिक तह (कक्षा ९–१२) वक्तृत्वकला प्रतियोगितामा दुर्गा सरस्वती माध्यमिक विद्यालय, बाफुखोला प्रथम, राष्ट्रिय माध्यमिक विद्यालय, बयालडाँडा द्वितीय तथा सरस्वती माध्यमिक विद्यालय, पेदीखोला तृतीय भएका छन्। सरस्वती माध्यमिक विद्यालय, जामुनेचौर सान्त्वना स्थानमा रहेको छ।
त्यसैगरी हाजिरी जवाफ प्रतियोगिता (कक्षा ६–८) मा ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल, बागचौर प्रथम, सरस्वती माध्यमिक विद्यालय, पेदीखोला द्वितीय तथा जनकल्याण नमुना माध्यमिक विद्यालय, थारमारे तृतीय भएका छन्। बालबोध आधारभूत विद्यालय, कोटबाराले सान्त्वना स्थान प्राप्त गरेको छ।
आयोजकले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताको अपेक्षा गरेको छ।
साथै शाखाले विद्यालय तहमा कक्षाकोठाभित्र गरिने परियोजना तथा प्रयोगात्मक कार्य (Project Work)मा उत्कृष्ट कार्य गर्ने शिक्षक बिद्यार्थी लाई मूल्यांकन गरी, पुरस्कार सहित सम्मान गरेकाे थियो ।

oplus_131104
