बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
आइतबार कोरोना संकट व्यवस्थापन केन्द्र दाङले एक साता लकडाउन थप गर्ने निर्णय गरेको छ । कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २२ देखि २८ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।
दैनिक अत्यावस्यक सामान खरिदको लागी भने बिहान ६ देखि १२ बजेसम्म बजार खोल्न पाउने निर्णय गरिएकाको कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताएका छन । सार्वजनिक यातायातका साधन भने पूर्णरुपमा बन्द गरिएको छ । निजी सवारी साधन बिहान ६ देखि १२ बजेसम्म जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको रिजालले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि १२ बजेसम्म खोल्न पाउने निर्णय गरिएको उनले बताए ।
