काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
सल्यान, ७ असोज ।
रेडियो कार्यक्रम उत्पादन सम्बन्धी क्षमता अभिवृद्धी तालिम सल्यानमा सुरु भएको छ । सदरमुकाम खलंगामा सोमबारदेखि सुरु भएको दुई दिने तालिम उद्घाटन कार्यक्रमका सहभागी वक्ताहरुले जिम्मेवार तरिकाले रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्नुपर्ने धारणा राखेका छन् । सामुदायीक रेडियो राप्ती एफएमले जिल्लाका अन्य रेडियोमा कार्यरत रेडियोकर्मी तथा रेडियोप्रेमीहरुका लाई आयोजना गरेको तालिममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले पत्रकारिता संवेदनशील विषय भएको उल्लेख गरे ।
पत्रकारिता तथा रेडियो कार्यक्रममा समाजलाइ कता लैजाने भन्ने सामथ्र्य हुने भएकाले सत्य र वास्तविक कुरा उजागर गर्नुपर्नेमा उनको जोड थियो । स्थानीय समुदायका वास्तविक समस्याहरूलाई उठान गर्दै उनीहरूका आवाजलाई जिम्मेवार तरिकाले प्रस्तुत गर्न रेडियोकर्मीहरुलाई वक्ताहरुको सुझाव थियो ।
कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघ अकोरावका कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणी रेग्मी, शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतम, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, पत्रकार मिना बुढाथोकी, रेडियो तहल्काका स्टेशन मैनेजर डिल्लीराज रावतले बोल्दै कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम भनेको के हो र यो कसरी प्रभावकारी ढंगले उत्पादन गर्न सकिन्छ भन्ने विषयमा जानकार हुनुपर्ने बताए । सामुदायिक रेडियो सूचनाको माध्यममात्र नभएर समाजको परिवर्तनका लागि एक प्रभावशाली माध्यम भएकाले सामाजिक उत्तरदायीत्वलाई वहन गर्दै रेडियोकर्मीहरुले काम गर्नुपर्ने वक्ताहरुको भनाइ थियो ।
मंगलबार सम्म सञ्चालन हुने तालिमको पहिलो दिन रेडियो कार्यक्रम के हो ? यसको महत्व बारेमा जानकारी तथा सामुहिक छलफल संगै रेडियो कार्यक्रमका प्रकार, यसको प्रयोग गर्ने तरिकाका तथा रेडियो कार्यक्रम र अन्य कार्यक्रमको फरकपनका बारेमा जानकारी, छलफल एवम् अनुभव आदानप्रदान गरिएको रेडियो राप्तीका प्रशासकीय प्रमुख शिवलाल डाँगीले जानकारी दिए । यस्तै मंगलबार रेडियो कार्यक्रमको स्कृप्ट लेखन, भाषा, शब्द छनौट, यसको तरिका र महत्व, रेडियो कार्यक्रमको आचारसंहिता, आधारभूत पत्रकारिता र रेडियो कार्यक्रमसंगको तादम्यता एवम् रेडियो कार्यक्रम र प्रविधिसँगको संयोजनका विषयमा अभिमुखिकरण गरिने छ ।
शारदा मिडिया संगमका उपाध्यक्ष रमेश कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहसचिव मनवीर बस्नेत लगाएतको सहभागिता रहेको थियो भने तालिमको औचित्य र विषयवस्तुको बारेमा रेडियोका समाचार प्रमुख बुद्धि पुनले प्रस्ट पारेका थिए ।
