सल्यान, ६ असोज । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको सङ्क्रमण तीव्र […]
सल्यान ०३ कात्तिक ।
नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य एवम् नेकपा एमालेको तर्फबाट प्रदेश सभा सल्यान क्षेत्र नं. १ का उम्मेदवार कुल बहादुर गिरीले यसपटक दार्मा बासीको साथ नेकपा एमालेलाई हुने बताएका छन् । नेकपा एमाले दार्मा गाउँकमिटी निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता गिरीले यसपटक न्यायप्रेमि दर्माली जनताले नेकपा एमालेलाई भोट हाल्ने दाबी गरेका छन् । नेकपा एमाले राष्ट्रियताको पहरेदार गर्दै समृद्विको बाटोमा देशलाई अघिवढाएको बताउदै कुनै व्यक्ति, गुड र पार्टीको मात्रै उम्मेदवार नभई समग्र सल्यानी नागरिकहरुको प्रतिनिधित्व आफुले गर्ने भन्दै यस पटकको चुनावमा सुर्य चिन्हमा छाप लगाउनुकोे विकल्प नरहेको बताएका छन् । दार्माको बिकास र समृद्धिको लागि दर्मालीको सुख-दुखमा साथ दिने बताउदै उनले दार्माका नेता मतदातालाई कसैको डर धम्कीको प्रवाह नगरी ढुक्कका साथ नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न सम्पुर्ण दार्मा बासीलाई अनुरोध गरे ।
बैठकलाई जिल्ला कमिटी अध्यक्ष गोबिन्द कुमार पुन, जिल्ला कमिटी सचिवालय सदस्य जनक बिक, गनेशमान सिंह, जिल्ला कमिटी सदस्यहरु दिपक रोकाय, पुतला खड्का भिमलादेबि चन्द, गनेश बुढाथोकी बागचौर नगरकमिटी अध्यक्ष घनश्याम शर्मा, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिव प्रबिन घर्ती लगायतले सम्बोधन गरेका थिए । बिहिबार भएको निर्वाचन परिचालन कमिटीको बैठकले पार्टी गाउँकमिटी अध्यक्ष बल बहादुर वलीको संयोजकत्वमा २४३ सदस्यि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
