सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
आइतबारदेखि राप्ती राजमार्गकाे दाङ-सल्यान सडकखण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेकाे सुचनाअनुसार राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले दैनिक ७ घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।
जसअनुसार बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले बताए ।
माघ १६ गतेदेखि माघ २५ गतेसम्म दैनिक दुई चरणमा गरी जम्मा ७ घण्टा सडक बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।
उक्त सडक स्तरोन्नतिको जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।
साथै अत्यावश्यक अवस्थामा वैकल्पिक मार्गकाे रुपमा रहेकाे पैयाँखोर–कपुरकोट डाइभर्सन प्रयोग गर्न सकिनेछ । तर याे रुट साँघुराे भएकाेले साना सवारी साधन मात्रै एकतर्फी रुपमा संचालन गर्न सकिन्छ ।
