सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
१३-असार,सल्यान।सल्यानको कपुरकोट गाउँपालिकामा लैंगीक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहिकरण सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा र प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
जनप्रतिनिधी तथा विषयगत शाखा कार्यालयका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा समानुपातिक , समावेशी र समभागीतामुलक सिद्धान्तका आधारमा सबै प्रकारका विभेदको अन्त्य गर्दै समतामुलक समाजको निर्माण र सामाजिक न्याय सुनिश्चितता संगै लैंगीक समानता र सामाजिक समावेशीकरणमा जोड दिइएको थियो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण अधिवक्ता ईन्द्र भण्डारी र प्रशान्त सुनारले गरेका थिए । प्रदेश तथा स्थानीय शासन कार्यक्रम , प्रदेश सुशासन केन्द्र सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
