बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
१८ बैशाख, सल्यान|कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।
रोल्पा गंगादेव गाउँपालिका- ३ निवासी ४८ वर्षीया एक महिलाको सल्यान जिल्ला अस्पतालमा सनिवार उपचारको क्रममा मृत्यु भएको हो ।
विगत ३/४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो ।
एन्टीजिन टेष्ट गर्दा कोरोना देखिएपछि अक्सिजनमा राखी उपचार गरिएको थियो । उपचारकै अवस्थामा शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
