काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
सल्यान, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) काे बागचाैर नगरपालिका १० पिपलनेटा कार्यकर्ता भेला तथा पर्शिक्षण कार्यक्रम सम्पन्न भएको छ।
उक्त प्रशिक्षण कार्यक्रममा ने क पा केन्द्रीय सदस्य तथा सल्यान प्रदेश सभा क का मा. गुलाव जंग शाहले अब देशमा राजनीतिक अराजक क्रियाकलाप नगरि देश बिकासमा जुट्नु पर्ने बताउनु भएकाे छ । जनताका समस्या के छन तिनकाे समाधान गर्ने बेलामा रानैतिक अराजक क्रियाकलाप खिचातानी गर्ने हैन देश समृद्धि काे बाटाेतिर हिडिरहेकाले अब समृद्ध नेपाल सुखि नेपालिकाे नारालाई अात्मासाथ गरेर अघि बढाै शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश जाअाै । केपी ओली मुलुककै ऐतिहासिक, साहसी र राष्ट्रवादी नेता भएकाले अब सबै उहांकाे नेतृत्वको नेपाल कम्युनिस्ट पाटिमा संगठित भई राष्ट्र निर्माण मा जुटाै भनेर अाग्रह गर्नुभएको थियाे ।
नेकपा बागचाैर नगर क सदस्य तथा १० नं अध्यक्ष साेभाराम गिरी काे अध्यक्षतामा सुरु भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सल्यान प्रदेश सभा क का मा. गुलाव जंग शाह,विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य लाेक ब डागी,नेकपा जिकस तथा बागचाैर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा,जिकसहरु जनक विक,भद्र ब घर्ती,टिकाराम विक,निर्मला राेका,ज्ञान प्रशाद शर्मा,अनेरास्ववियू सल्यान जिल्ला संयाेजक/ केन्द्रीय सदस्य राम ब केसी,अनेरास्ववियू जिकस झक्कु प्रशाद शर्मा,दिपक खडका,सुरेश खत्री,नगर कमिटी सदस्य टेक ब बस्नेत ,प्रेमकुमारी विक,बानपा २ का संयाेजक प्रकाश भण्डारी ,सदस्य डबल बाेहरा,जेष्ठ नागरिक लाेकानन्द गाैतम लगायतकाकाे उपस्थिति भई महत्त्वपूर्ण भनाईहरु समेत राख्नु भएको थियाे।भने कार्यक्रमकाे सञ्चालन केशव गाैतमले गर्नु भएको थियाे ।
साथै शाेभाराम गिरिकाे संयाेजकत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरि सफत कार्यक्रम सम्पन्न गरिएको थियाे ।
