बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो । गएराति मलेसिया गएको जहाजले आज विहान शव ल्याएर काठमाण्डौ आएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ ।
शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो ।
निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज पठाइएको जनाएको छ ।

