बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानमा बुधवार बिहान बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
ढोरचौर बाट श्रीनगर तर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरन्द्र भण्डारीको भण्डारीको मृत्यु भएको हो ।
घटनाबाट गम्भीर घाइते भएका भण्डारीलाई जिल्ला अस्पताल सल्यान पुर्याए लगतै अस्पतालले मृत घोषणा गरेको थियो ।
हाल बस लाई नियन्त्रणमा लिइएको छ भने बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन् ।

