सल्यानको बागचौर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू […]
राप्ती साहित्य परिषद् केन्द्र, घोराहीले यस वर्षको प्रतिष्ठित ‘चन्द्रमधु गीत सङ्गीत पुरस्कार-२०८२’ सल्यान, बागचौरका शेरबहादुर डाँगीलाई प्रदान गर्ने भएको छ।
परिषद्को आगामी जेठ २३ र २४ गते हुन गइरहेको ४९ औँ वार्षिकोत्सव, पुरस्कार वितरण, सिर्जनावाचन तथा २६ औँ साधारणसभाका अवसरमा डाँगीलाई उक्त पुरस्कार समर्पण गर्न लागिएको हो। परिषद्का अध्यक्ष कमलमणि देवकोटाले एक पत्र जारी गर्दै विजेता डाँगीलाई पुरस्कार ग्रहणका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।
वि.सं. २०३४ सालमा स्थापना भएको यस परिषद्ले जेठ २३ गते शनिबार बिहान ११:३० बजे घोराही उप-महानगरपालिकाको सभाकक्षमा पुरस्कार वितरण, सम्मान र सिर्जनावाचन कार्यक्रम तय गरेको छ भने दोस्रो दिन जेठ २४ गते आइतबार बिहान ७:३० बजेदेखि २६ औँ साधारणसभा सञ्चालन गर्ने जनाएको छ।
