वीरेन्द्रनगर सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी काफल […]
सल्यान।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले कक्षा ११ को पठनपाठन सम्बन्धमा महत्वपूर्ण सूचना जारी गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंको निर्देशनअनुसार शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन वि.सं. २०८३ असार १ गतेदेखि सञ्चालन गर्न अनुरोध गरिएको हो।
केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई सूचना प्रवाह तथा समन्वय गर्न आग्रह गरेको छ भने स्थानीय तह र विद्यालयहरुलाई आवश्यक सहजीकरण तथा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
उक्त सूचना शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाबाट २०८३ असार ६ गते जारी गरिएको हो।
