‘शी लिड्स आईकन’ मा अघि बढ्न सनसिल्तालाई भोटको खाँचो

सल्यान, ३१ भदौ ।

महिला जनप्रतिनिधिहरूको प्रेरणादायी कर्मलाई विश्व सामु पुर्याउने उदेश्यसहित सञ्चालित ‘शी लिड्स आईकन २०८१’ को उत्कृष्ट २७ जनाको लिस्टमा परेकी सल्यान कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसीले भोटको अपिल गरेकी छिन् । महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने “कल्प इम्पावर वेमेन नेपाल” ले सञ्चालन गरेको यस कार्यक्रममा आफुलाई अगाडी बढाउनका लागि उपाध्यक्ष वली डिसीले आफुले गरिरहेको कामको मुल्यांकन समेत प्रतिविम्बित हुनेगरी मतदान गर्न आह्वान गरेकी हुन् ।

नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ७ जना महिला जनप्रतिनिधीको डकुमेन्ट्रीलाई विश्व सामु पुर्याउने उद्देश्य सहित शी लिड्स आइकन सञ्चालन गरिएको हो । १४० जना महिला जनप्रतिनिधि मध्ये कालिमाटी गाउँपालिका उपाध्यक्ष वली डिसी २७ जनाको सूचीमा परेकी हुन् । र उनलाइ यस यात्रामा अगाडी बढ्न भोटको आवश्यकता पर्छ । उनको भोटिङ आइडी २४ रहेको छ । अनलाइन र अफलाइन दुबै माध्यमबाट कालिमाटीकी उपाध्यक्षलाई भोट गर्न सकिने छ । अनलाइन माध्यमबाट भोट गर्नका लागि इसेवा मार्फत र अफलाइन माध्यमबाट मोवाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा एसएलआई टाइप गरेर एक स्पेस दिएर भोटिङ आइडी २४ टाइप गरेर ३१००३ मा म्यासेज पठाउन सकिने छ ।

वार्षिक स्वीकृत योजनाहरूको अनुगमन कार्य संगै लक्षित वर्गको हित तथा लैंगीक समानता तथा सामाजिक समावेशीकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कालिमाटी गाउँपालिका उपाध्यक्ष वली डिसीले जनाएकी छिन् । किशोरीसँग उपाध्यक्ष कार्यक्रम, न्यायमा जनताको पहुँच कार्यक्रम, र सुनौला हजार दिनका आमाहरूका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख गर्दै उनले महिलाहरूलाई सिप प्रदान गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको बताइन् । अझै प्रभावकारी कामका लागि सबैको सहयोग र साथको अपेक्षा राखेकी उनले ‘शी लिड्स आईकन २०८१’ कार्यक्रमका लागि भोट गर्न आग्रह गरिन् । सामाजिक परिवर्तन र लैंगिक समानताको क्षेत्रमा टेवा पु¥याउनका लागि आफुले थप जिम्मेवार भुमिका निर्वाह गर्ने भन्दै वली डिसीले ‘शी लिड्स आईकन’ मा अगाडी बढेका झनै बढी हौसला र प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरिन् ।

मध्यम वर्गीय परिवारमा जन्मीएकी उनी कालिमाटी गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर दोश्रो कार्यकालका लागि काम गरिरहेकी छिन् । जनप्रतिनिधि हुनु अघि उनी शिक्षण पेशामा संलग्न थिइन् । उनले भनिन्, ‘नागरिकको पक्षमा वकालत गर्दै, बालबालिका, युवा, वृद्ध, र असहायहरूको सम्मान गर्दै सामाजिक सेवामा योगदान दिन चाहने इच्छा पहिले देखि नै थियो । एउटा समतामुलक र सबैमा खुसि छाएको समाज हेर्ने मेरो इच्छा राजनितिक सुधारवाट मात्र सम्भव हुने बुझाई सहित राजनीतिमा प्रवेश गरेकी हुँ ।’ स्थानीय तह निर्वाचनमा वली डिसी २०७४ र २०७९ मा कालिमाटी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकि हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस