नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
बागचौर नगरपालिका २ बागचौर सल्यानमा आज विश्व दृष्टि दिवश २०२४ को अवसरमा आँखा स्वास्थ्य संम्वन्धि जनचेतनामूलक र्यालि कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपाल सुर्खेतको आयोजना, बागचौर नगरपालिका सल्यानको समन्वय र ब्राईट रोजल्याण्ड बोर्डिङ्ग स्कुल बागचौर २ बागचौरको सहभागितामा आँखा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
“आँखालाई माया गरौ” भन्ने मुल नारा सहित आँखाको सुरक्षा कसरि गर्न सकिन्छ,र आँखा स्वास्थ्य संम्वन्धि जनचेतनामूलक सन्देश झल्कने तथा सचेतना दिने उद्दश्यले विश्व दृष्टि दिवश २०२४ को अवसरमा र्यालि निकालिएको आयोजक संस्थाले जनाएको छ ।
बागचौर नगरपालिका २ बागचौरमा रहेको ब्राईट रोजल्याण्ड बोर्डिङ्ग स्कुलका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्र-छात्राहरु,शिक्षक शिक्षिकाहरु, बागचौर नगरपालिका स्वास्थ्या शाखा संयोजक ,प्राथमिक आँखा तथा कान उपचार केन्द्रमा कार्यरत नेत्र सहायक र २ नं. वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । आँखा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक र्यालि बागचौर नगरपालिका २ मा रहेको ब्राईट रोजल्याण्ड बोर्डिङ्ग स्कुलको प्रागणबाट करिब १३० जनाको सहभागितामा सुरु भई बागचौर बजार परिक्रमा गरि पुःनह सोहि स्कुलको प्रागण आई कोण सभामा परिणत भएको थियो ।
बागचौर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिपेश डि.सी.को अध्यक्षता समापन कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका स्वास्थ्य शाखा संयोजक विनय डि.सी.तथा अन्य अतिथिहरुमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र खरिवोटमा कार्यरत नेत्र सहायक लक्ष्मी थापा र ब्राईट रोजल्याण्ड बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ईन्द्र भण्डारि रहनु भएको थियो ।
विश्व दृष्टि दिवश २०२४ को अवसरमा व्यानर सहित र्यालिमा (आँखालाई माया गरौ,सफा दृष्टि खुसि जिबन,विश्व दृष्टि दिबश २०२४ सफल पारौं,आँखा लाई जोगाऔं भबिष्श सुरक्षित गरौं, समय ,समयमै आँखाको दृष्टि जाँच गरौं दृष्टि दोष हुन वाट बचौ) आदी लेखिएको प्ले कार्ड सहित र्यालि सम्पन्न गरिएको थियो ।
समापन र्यालिको कोण सभा कार्यक्रममा बिद्यालयका प्रिन्सिपल ईन्द्र भण्डारी, बागचौर नगरपालिका का स्वास्थ्य संयोजक बिनय डि.सि.ले शभकामना मनतव्य राख्नु भएको थियो। विश्व दृष्टि दिवश २०२४ को बारेमा र आँखा स्वास्थ्यको बारेमा नेत्र सहायक लक्ष्मी थापाले सहभागिहरु माझ प्रकाश पार्नु भएको थियो , भने कार्यक्रमको संचालन नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम वागचौर नगरपालिकाका सामुदायिक संयोजक भरत देबकोटाले गर्नु भएको थियो ।
