सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
ब्राईट रोज ल्याण्ड बोर्डिङ स्कुल बागचौर नगरपालिका २ बागचाैर सल्यान ले आफ्न बालबालिकालाई माैलिकता झल्काउदै तीज बिषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । ।
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विद्यालयले शिक्षक, विद्यार्थीहरू लाई यस पर्वको मौलिकतालाई जगेर्ना गर्दै सन्देश मुलक तीज विशेष कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यक्रम मा माैलिकतामा सजिएका बिद्यार्थी , शिक्षक, र अभिभावक हरुका नृत्य प्रस्तुत गरिएका थिए ।
कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख जनक राज गौतम , अथिति वडा नं २ अध्यक्ष दिपेश डिसि , जिल्ला प्याब्सन सल्यानका सचिब खिमराज डि.सि, नेकपा एमाले बागचौर नगरकमिटि सचिब देब बहादुर डिसि, नेकपा माओबादि केन्द्र बागचौर नगर कमिटी इन्चार्ज तिलक मल्ल,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नगर सचिब डम्बर भण्डारि पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसि शारदा भ्यालि बाेर्डिङ स्कुल का प्रिन्सिपल डम्बर डि सि लगाएतका अतिथि हरुलेे आउदै गरेको तिज पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियाे ।
बिद्यालय का सहायक प्र.अ. रिता न्याैपाने गाैतमकाे अध्यक्षता मा सुरुभएकाे कार्यक्रममा शिक्षिका चन्द्रा हमालको स्वागत मनतब्य रहेकाे थियाे भने कार्यक्रमको संचालन बिकाश बाबु चन्द र जिबन रसाइली ले गर्नुभएकाे थियाे ।