सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले २९ औँ स्थापना दिवस मनाएको छ । २०५२ साल मंसिर ४ गते तदर्थ समितिको रुपमा स्थापनामा भएको शाखाले सदरमुकाम खलंगामा आज दीप प्रज्वलन गरी २९ औँ स्थापना दिवस मनाएको हो । सल्यानमा २०५२ साल उता केही रुपमा पत्रकारिता सुरु भएपनि सबै पत्रकारहरूको साझा सङ्गठन निर्माण गरेर पत्रकारिता सुरु भएको २८ वर्ष पुरा भएर २९ वर्षमा प्रवेश गरेको छ ।
दीप प्रज्वलनका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका सल्लाहकार सनत कुमार शर्माले पत्रकार महासंघ सबैको साझा भएको बताउनुभएको छ । स्थापनाकाल देखी नै पत्रकार महासंघको छवि राम्रो भएको र यसलाई जीवन्त राख्न सबै पत्रकारको भूमिका अहम् हुने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा महासंघका पुर्व केन्द्रिय सदस्य टेकराज शाही, जिल्ला शाखाका पुर्वसचिव पुरुषोत्तम गिरी, निवर्तमान कोषाध्यक्ष योगराज बिश्वकर्मा, शाखा उपाध्यक्ष सरिता चलाउने, कोषाध्यक्ष शिव डाँगी, सहसचिव बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।