जीबीएस रोगबाट पीडित सल्यानका रूपकको उपचारको लागि १ लाख ६८ हजार सहयोग

कार्तिक १८, सल्यान ।

दुर्लभ रोग जीबीएस बाट पीडित सल्यानका एक बालकको उपचारको लागि १ लाख ६८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौर निवासी ११ वर्षीय बालक रूपक थापालाई सहयोग प्राप्त भएको हो ।

बागचौर १० घर भई हाल आयरल्यान्डमा बस्दै आएका खुमानन्द केसीको नेतृत्वमा त्यहाँ बस्ने नेपालीहरूले  सङ्कलन गरेको उक्त रकम बिहीबार हस्तान्तरण गरिएको हो । रोगबाट पीडित बालकका बुवा एकराज थापालाई सहयोग रकम दाङको घोराहीमा एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य संविधान सभा सदस्य तथा उत्पीडित जातीय मुक्ति समाजका इन्चार्ज भागवत विश्वासी, उ म न पा १८ नं वडा सदस्य धन ब बस्नेत, अस्पताल ब्यवस्थापन समिति अध्यक्ष छवि नारायण गिरि,नेकपा एमाले जिल्ला क सदस्य डिल्ली ब डाँगि,प्रहरी नायव निरिक्षक गाेपाल चन्द, डाक्टर हिरा गिरि  लगायत काे उपस्थिति तथा शिक्षिका बिमला वलि काे सहजिकरण  हस्तान्तरण गरेका थिए ।

संसारका विरलै मानिसलाई लाग्ने जीबीएस रोगबाट पीडित भई जीवन मरणको सङ्घर्षमा रहेका रूपकलाई नियमित उपचार गर्नुपर्ने र उपचार पद्धति पनि महँगो भएकाले परिवारले सहयोगको याचना गरेको छ

 

प्रतिक्रिया दिनुहोस