सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
सल्यानमा दुई युवाको कुटपिटबाट एक जना २० वर्षीय युवकको मृत्यु भएपछि त्यसमा संलग्न भनिएका अर्का युवालाई पनि प्रहरीले पक्राउ गरेकाे छ।
घटनामा संलग्न बागचौर नगरपालिका– ८ स्यालाका २५ वर्षीय केशर वलीलाई बुधबार मध्यराति सल्यान र रूकुम जिल्लाको सीमानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले बताए। सोही कुटपिटमा संलग्नमध्ये स्यालाका २३ वर्षीय सन्तोष वलीलाई बुधबार दिउँसो दाङकाे तुलसीपुरबाट पक्राउ गरी सल्यान लिइएको छ । केशरलाई पनि जिल्लामै ल्याउन लागिएकाे छ।
बागचौर नगरपालिका -७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई उनिहरुले कुटपिट गर्दा उनकाे बुधबार बिहान भारतकाे लखनउमा मृत्यु भएको थियो ।
घटना गत ४ गते भएको भएपनि पिडित परिवारले ७ गते बेलुका मात्रै प्रहरीलाई जानकारी गराएका थिए। साेहि ठाउँ स्थित स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेकाे र कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा भारतको लखनउमा मृत्युु भएको भन्ने खबर परिवारले इलाका प्रहरी कार्यालय थारमारेलाई मंगलबार बेलुका मात्रै जानकारी गराएकाे प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
घटना भएको पुरानछापकाे स्थानीय विद्यालयमा भलिबल खेल्न जम्मा भएपछि स्याला भन्ने ठाउँका केशर र सन्तोष पनि भलिबल खेल्ने मैदानमा आएर घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भने तर घनश्यामले उनिहरुलाई नढाेगेपछि घटना भएको पिडित परिवारले प्रहरीलाई बयान दिएको छ।
त्यसपछि उनिहरु दुवै जनाले घनश्यालाई पालैपालो हानेको पीडित परिवारले बताएको छ । घनश्यामले पिटाइ खाइसकेपछि बेलुका घरमा आएर टाउको दुखेको छ भनेर खाना नखाई सुतेको र त्यसबेला घटनाबारे परिवारलाई ६ गते मात्रै थाहा दिएपछि उनलाई परिवारले बागचौर स्थित जनप्रिय पोलिक्लिनिक मा चेकजाँच काे लागि लगेका थिए । त्यहाँ चेक गर्दा शरिर भित्र रगत जमेको बताएपछि उनिहरु भारतकाे लखनउ पुगेका थिए । लखनउ उपचार काे क्रममा हिजाे बिहान उनकाे मृत्यु भएको थियाे ।