चाडपर्व नजिकिदै गर्दा स्थानीय तहले बाटो मर्मत नगरेपछि यातायात ब्यबसायीहरुले आफै गरे मर्मत

असोज २६, २०७८०

चाडपर्व नजिकिदै गर्दा स्थानीय निकाएले गाउँ जाने बाटो नबनाए पछी यातायात ब्यबसायी हरुले आफ्नै लगानिमा बाटो मर्मत गरेका छ्न ।

दाङ्ग तुल्सिपुर बाट सल्यान फारुला सिलिङ्गे हुँदै रुकुम चौफा चल्ने करिब ११ वटा बसहरुले आफै पैसा उठाएर बर्सायाम फारुला देखि चाैफा सम्म बिग्रेको बाटो मर्मत गरेका हुन । उनिहरुले पटक पटक स्थानीय निकायलाई अनरोध गरेको तर स्थानीय निकायले कुनै चासो नदेखाएछि आफुहरुले पैसा उठाएर बाटो मर्मत गरेको ब्यबसायीहरुले बताएका छ्न । उनिहरुले सो रुटम चल्ने प्रत्येक ब्यबसायी बाट तिन हजारका का दरले ११ वटा बसबाट रकम उठाएका थिए ।

चौरहारी नगरपालिका वडा न १३ मा पर्ने करिब ८०० मिटर बाटो मर्मत गरेको यातायात ब्यबसायी बुद्धि भण्डारी ले जानकारी दिएका छन । बर्षा यामका कारण दाङ्ग तुल्सिपुर बाट चौफा चल्ने बस हरु फारुला सम्म चल्दै आएका थिय ।अहिले बाटो मर्मत भएपछि बस रुकुम चौफा सम्म चल्न थालेका छ्न ।

प्रतिक्रिया दिनुहोस