सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सल्यानमा एक जना महिला आफ्नै घर भित्र खाद्यान्न राख्ने भकारी भित्र मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत भेटिएकी हुन् ।
मृतकको घरमा मृतक महिला सहित उनका छोरा, छोरी र बुहारी बस्थे । मृतक गणेशी असोज १५ गते बेलुकादेखि घरबाट हराएको भनेर परिवारले बताउँदै आएका थिए । तीनदिन सम्म उनि कतै सम्पर्कमा नआएपछि गाउँलेहरुले खोजिकार्य थालेका थिए ।
बिहीबार गाउँलेहरु मृतकको घरमा जम्मा भएको बेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानको प्रवक्ता गोपाल श्रेष्ठले लेकाली अनलाइनलाई बताए ।
घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको प्रवक्ता श्रेष्ठको भनाई छ । शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको र घटनाको रहस्य अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीको भनाई छ ।