काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
सल्यानकाे बागचाैर नगरपालिका वडा नं. १२ बाफुखाेलाबाट दाङ तुलसीपुर जाँदै गरेकाे यात्रुबहाक बास दुर्घटना भएकाे छ ।
बाफुखाेलाबाट तुलसीपुरका लागि छुटेकाे रा १ ख २५४१ नम्बरकाे बस आइतबार बिहान बागचाैर नगरपालिका वडा नं. ७ कोटबारा चौफारी नजिकै दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि ९ जना घाइते भएका छन् । उनिहरुलाइ उपचारका लागि बागचाैर नगरपालिकाकाे र जनप्रिय पाेलिक्लिनिककाे एम्बुलेन्स मार्फत बागचाैर तर्फ पठाइएकाे छ । गाडी सडकमै पल्टिएकाेले ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे बागचाैर नगरपालिकाका नगर प्रवक्ता दिपेश डि.सीले जानकारी दिनुभयो ।
घाइतेहरु सबै खतरामुक्त रहेकाे प्रहरीकाे भनाइ छ।
